कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६
155

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था इलाका कार्यालय पाल्पाको आयोजनामा केन्द्र प्रमुख तथा सदस्यहरूका लागि एकदिने वित्तीय साक्षरता तथा छलफल गोष्ठीे पाल्पाको तानसेनमा हालै सम्पन्न भएको छ ।
केन्द्र प्रमुख श्रीमती गोमा गैरेको सभापतित्वमा सञ्चालन भएको उक्त वित्तीय साक्षरता तथा छलफल गोष्ठीेमा सहभागीहरूलाई प्रशिक्षण दिनुहु“दै क्षेत्रीय कार्यालय बुटवलका क्षेत्रीय प्रबन्धक किरण काफ्लेले संस्थाको कर्जा तथा बचत कार्यक्रम, वित्तीय अनुशासन, केन्द्र प्रमुखको काम कर्तव्य अधिकार, संस्थाले सञ्चालन गरेको ग्राहक संरक्षण कोष उपयोग विधि एवं कर्जा सदुपयोगिताको महत्व र कर्जा दुरुपयोग गर्दा पर्न जाने असरका सम्बन्धमा विस्तृत प्रकाश पारेका थिए ।
उनले सदस्यहरूको आर्थिक सामाजिक र बौद्धिक क्षमता अभिवृद्धिका लागि संस्थाले विभिन्न सीपमूलक तालिम, अवलोकन भ्रमण, गोष्ठीलगायतका कार्यक्रलाई प्राथमिकतामा राखेर आगामी योजनाहरू सञ्चालन गर्दै जाने पनि बताए ।