कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६
194

नेपाल इन्भेस्टमेन्ट बैंकले सुनसरीको देवानगन्ज गाउँपालिकामा आफ्नो ८० औं शाखा विस्तार गरेको छ । देवानगन्ज गाँउपालिका–२ स्थित देवानगन्ज बजारमा खोलिएको यो शाखाले स्थानीय ५० हजार जनतालाई वित्तीय सुविधा प्रदान गर्नेछ ।
बैंक परिसरभित्रै केही समयमा नै एटीएम सेवा पनि सञ्चालनमा ल्याउने बैंकले जनाएको छ । शाखाको देवानगन्ज गाउँपालिकाकी उपाध्यक्ष पुनितादेवी यादवले उद्घाटन गरिन् ।
उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलगायत बैंकका कर्मचारी तथा स्थानीयहरूको सहभागिता थियो । बैंकले वित्तीय साक्षरता अभिवृद्धिका लागि ग्रामीण क्षेत्रमा शाखा विस्तार अभियानलाई निरन्तरता दिने क्रममा प्रदेश नं. १ मा शाखा थप गरेको पनि जनाएको छ ।