कारोबार संवाददाता
सोमवार, बैशाख ३०, २०७६
328

नेपाल सरकारले सबै नागरिकलाई बैंकमार्फत कारोबार गराउने लक्ष्य लिएकोमा त्यसैलाई ध्यानमा राखी सुरु गरेको सबै नेपालीको बैंक खाता अभियानका साथै वित्तीय साक्षरताको महत्वलाई साथ दिँदै सेञ्चुरी कमर्सियल बैंकले गाउँ–गाउँमा साक्षरता अभियान सुरु गरेको छ । यसै क्रममा पनौती नगरपालिका र बेथानचोक गाउँपालिकालाई लक्षित गरेर बैंकले पनौतीमा शनिबार एक दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको भन्दै बैंकले कार्यक्रम मुख्य विष्यवस्तु सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानअन्तर्गतको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जासम्बन्धी जानकारीका साथै डिजिटल वित्त (विद्युतीय वित्त) सम्बन्धी जानकारीका दिइएको जनाएको छ ।