कारोबार संवाददाता
सोमवार, बैशाख ३०, २०७६
410

सिभिल बैंकको सातौं र आठौं वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम बैंकले आफ्ना सेयरधनीहरूलाई आर्थिक वर्ष ०७३÷०७४ को मुनाफाबाट बैंकको चुक्तापुँजीको १०.२५ प्रतिशतका दरले हुन आउने ७४ करोड ४० लाख ७९ हजार ३ सय १२ रुपैयाँ ८ पैसा बराबरको बोनस सेयर वितरण गर्ने र ०.५४ प्रतिशतका दरले हुन आउने ३ करोड ९१ लाख ६२ हजार ६९ रुपैयाँ ६ पैसा कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने तथा आर्थिक वर्ष ०७४÷०७५ को मुनाफाबाट प्रतिसेयर ४.०५ प्रतिशतकाका दरले हुनआउने २९ करोड ४० लाख २ हजार ६९ रुपैयाँ ६५ पैसा मात्र नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभाले स्वीकृत गरेको छ ।
साधारणसभाले बैंककोे संस्थापक सेयरधनीहरूको तर्फबाट ई.इच्छाराज तामाङ, अम्बिर बोगटी, प्रतापजङ पाण्डे तथा सर्वसाधारण सेयरधनीहरूको तर्फबाट प्रकाश तायल, शम्भुप्रसाद पन्त र युगेशबहादुर मल्ललाई सञ्चालक पदमा आगामी चार वर्षका लागि निर्विरोध निर्वाचित गरेको पनि जनाएको छ ।