कारोबार संवाददाता
सोमवार, बैशाख ३०, २०७६
481

एभरेस्ट बैंकले मध्येम वर्गीय तथा निम्न वर्गीय परिवारलाई लक्षित गर्दै होम लोन स्कीम सार्वजनिक गरेको छ । एभरेस्ट बैंकले ‘घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन आफ्नौ घरको किस्ता बुझाउँ’ भन्ने नारासहित न्यूनतम सरल मासिक किस्ता ९ हजार ५ सय ९९ रुपैयाँको होम लोन ल्याएको छ ।
यस अभियानमा ग्राहकहरूले सर्भिस चार्जमा २५ प्रतिशत विशेष छुट तथा २५ वर्षसम्मका लागि लोन पाउँने छन् भन्दै बैंकले सम्पूर्ण ग्राहकहरूलाई यस अभियानको लाभ उठाउँदै आफ्नौ घर बनाउने सपनालाई पूरा गर्न प्रेरित गरेको छ ।