कारोबार संवाददाता
सोमवार, बैशाख ३०, २०७६
211

ब्यावसायिक कृषिको माध्यमद्वारा ग्रामीण महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले ३ दिने बेमौसमी तालिम सम्पन्न गरेको छ । दुप्चेश्वर गाउँपालिकाको सातबिसेस्थित मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यहरूलाई तालिम दिइएको संस्थाले जनाएको छ ।
२७ गतेदेखि सुरु भएको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बट्टार अनुगमन कार्यालयका अनुगमन अधिकृत सरोज पण्डितले ग्रामिण अर्थतन्त्रको मेरुदण्ड र समृद्धिको आधार कृषि रहेकोले तालिमबाट सिकेका कुराहरूलाई ब्यावसायिक रूपमा लैजान र मनग्य लाभ लिन आग्रह गरे । त्यस्तै, तरकारी खेतीले नै ग्रामीण भेगका महिलाहरूको जीवस्तरमा परिवर्तन ल्याउनुका साथै समयको सदुपयोग हुनुका साथै बेरोजगारी समस्या समेत केही न्यून रहने बताए । तालिममा सहभागी कृषक सीता खनालले तरकारी खेती गर्जो टार्ने हिसाबले उत्पादन गर्दा बढी भएको अवस्थामा मात्र बिक्री गर्ने गरिएको बताए ।