कारोबार संवाददाता
सोमवार, बैशाख ३०, २०७६
186

नेपाल इन्भेस्टमेन्ट बैंकले सुनसरीको देवानगन्ज गाउँपालिकामा आफ्नो ८० औं शाखा विस्तार गरेको छ । देवानगन्ज गाँउपालिका–२ स्थित देवानगन्ज बजारमा खोलिएको यो शाखाले स्थानीय ५० हजार जनतालाई वित्तीय सुविधा प्रदान गर्नेछ ।बैंक परिसरभित्रै केही समयमा नै एटीएम सेवा पनि सञ्चालनमा ल्याउने पनि बैंकले जनायो ।
शाखाको देवानगन्ज गाउँपालिकाकी उपाध्यक्ष पुनिता देवी यादवले उद्घाटन गरे । उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलगायत बैंकका कर्मचारी तथा स्थानीयको सहभागिता थियो ।