कारोबार संवाददाता
सोमवार, बैशाख ३०, २०७६
195

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सानिमा बैंक, सशस्त्रप्रहरी गण नं १, नक्साल, महानगरीय प्रहरी वृत्त कमलपोखरी, सामुदायिक सेवा केन्द्र तथा सामुदायिकप्रहरी सेवा, नक्सालद्वारा संयुक्त रूपमा नक्साल, नारायणचौरस्थित नन्दिकेश्वर बगैंचा सरसफाइ गरेको छ ।
करिब १९ रोपनी क्षेत्रफल रहेको यस पार्क नक्साललगायत वरिपरिका स्थानीय बासिन्दाहरूको बिहानी तथा साँझपख व्यायाम गर्ने, विश्राम गर्ने, बालबालिकाको लागि बिभिन्न मनोरञ्जक खेल खेल्ने, साथीभाइ भेटघाट गर्ने स्थानको रूपमा प्रसिद्घ रहेको भन्दै बैंकले सामुदायिक सेवा केन्द्रका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठले नन्दिकेशरी बगैंचाको पुनःस्थापनादेखि नै सानिमा बैंकको निरन्तर सहयोग प्राप्त रहेको जनाइएको छ ।
सानिमा बैंकका प्रमुखकार्यकारी अधिकृत भुवन दाहालले नन्दिकेशरी बगैंचाको नजिकै रही काम गर्न पाएकोमा सानिमा बैंकका कर्मचारी भाग्यमानी रहेको बताए ।