कारोबार संवाददाता
आइतवार, बैशाख २९, २०७६
317

ग्लोबल आईएमई बैंकले सोमबार प्रदेश नं. ३ को सिन्धुली जिल्ला, कमलामाई नगरपालिका–६ माडी बजारमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । सिन्धुली शाखा कार्यालय थप भएसँगै बैंकको शाखा कार्यालयहरूको संख्या १३७ पुगेको भन्दै बैंकले सिन्धुली जिल्ला र त्यस क्षेत्रका बासिन्दालाई सेवा पु¥याउने उद्देश्यले खोलिएको शाखाले सरल तथा सुलभ तवरले सबै प्रकारका बैंकिङ सेवा प्रदान गर्ने पनि जनाएको छ ।