कारोबार संवाददाता
आइतवार, बैशाख २९, २०७६
263

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था प्रधान कार्यालय, बुटवलको आयोजनामा वैशाख १३ र १४ गते बुटवलमा तालिम सम्पन्न भएकोे छ । नेपाल प्रशासनिक प्रशिक्षण केन्द्रका पूर्वसिनियर डाइरेक्टर डा. केदार रायमाझी स्रोत व्यक्ति रहेको उक्त तालिमको उद्घाटन तथा समापन संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्कीले गरेका थिए ।
उक्त क्रममा आफ्नो मनतब्य राख्दै प्रमुख कार्यकारी अधिकृत कार्कीले कर्मचारीहरूको नेतृत्व विकास, क्षमता अभिवृद्धि र व्यक्तित्व विकासमा यस प्रकारका तालिमले मद्दत पु¥याउने हुँदा संस्थाको कामकारबाहीलाई प्रभावकारी बनाउन तालिम उपयोगी हुने विचार व्यक्त गरे ।