कारोबार संवाददाता
आइतवार, बैशाख २९, २०७६
386

सिटिजन्स बैंक इन्टरनेसनलले हाल सीबीआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य सम्पादन गर्दै आएका समीरप्रसाद दाहाललाई वैशाख २० गतेबाट लागू हुने गरी यस बैंककोे सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।
करिब १६ वर्षअघि बैंकिङ करियर थालेका चार्टर एकाउन्टेन्ट दाहाल एक अनुभवी बैंकरका रूपमा परिचित छन् । ६ वर्षअघि प्रमुख वित्तअधिकृतका रूपमा बैंकसँग आबद्ध भएका दाहाल यसअघि बैंकको भगिनी संस्था सीबीआईएल क्यापिटलका प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए ।
उनले वित्त तथा योजना तर्जुमा विभाग, आईटी, सञ्चालन विभाग, कर्जा प्रसाशन विभाग, कर्जा असुली विभाग, अन्वेषण तथा इनोवेसन जस्ता महत्वपूर्ण विभागहरूलाई नविनतवरले सञ्चालन गर्ने विश्वास बैंकले लिएको जनाएको छ ।