कारोबार संवाददाता
शुक्रवार, बैशाख २७, २०७६
328

महालक्ष्मीविकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्ना शाखाहरूबाट विभिन्न कार्यक्रमहरू गर्र्दै आइरहेकोमा डडेलधुरा शाखाले मातातीर्थ औंसीका दिन शाखा प्राङ्गणमा एक कार्यक्रम आयोजना गरेको थियो ।
समारोहमा बैंकले अमरगढी नगरपालिकाको प्रत्येक वडाबाट एक ज्येष्ठ नागरिक आमा छनोट गरी कुल ११ जना ज्येष्ठ आमाहरूलाई सम्मान स्वरुप कपडा, फलफूल तथा मिठाइ सामग्री वितरण गरेको थियो । सोही कार्यक्रममा बैंकले भुवनेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत २ जना अनाथ विद्यार्थीलाई २५ हजार रुपैयाँ प्रतिविद्यार्थीका दरले कुल ५० हजार रुपैयाँ बराबरको छात्रवृति पनि प्रदान गरेको पनि जनाएको छ ।