कारोबार संवाददाता
शुक्रवार, बैशाख २७, २०७६
364

सिद्धार्थ इन्स्योरेन्सले काठमाडौंको स्वयम्भू तथा बुटवलको ट्राफिक चोकमा आफ्नो शाखाहरू सञ्चालनमा ल्याएको छ । स्वयम्भू शाखा कम्पनीको प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्री, उपप्रमुख कार्यकारी अधिकृत योगेश कृष्ण श्रेष्ठ एवं नायव महाप्रबन्धक मुरारी रेग्मीद्वारा संयुक्त रूपमा शाखा सञ्चालनको शुभारम्भ गरेको थियो ।
यस्तै प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीद्वारा शाखा सञ्चालनको शुभारम्भ गरिएको ट्राफिक चोक बुटवल शाखाको शुभारम्भ समारोहमा स्थानीय स्तरका बंैक तथा वित्तीय संस्थाहरू प्रमुख एवं व्यवसायीहरूको उपस्थिति थियो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीले अहिलेसम्म ७४ वटा शाखा सञ्जालमार्फत स्तरीय बिमा सेवा प्रदान गर्दै आएको बताउँदै भविष्यमा अझ प्रभावकारी रुपमा बिमा सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए ।