कारोबार संवाददाता
बुधवार, बैशाख ११, २०७६
403

एनआईसी एसिया बैंकको तारकेश्वर नगरपालिका–११, काठमाडौंस्थित मनमैजु शाखाकोे तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा यस बैंकका उप–प्रादेशिककार्यालय (प्रदेश न.३)का प्रमुख बिकास खरेलबाट मंगलबार भव्य समारोहकाबीच उद्घाटन भएको छ ।
उक्त शाखाको उद्घाटन समारोहमा बोल्दै मेयर बोहराले काठमाडौं उपत्यकाभित्र समेत बैकिङ पहुँच कम भएको स्थान छानी आम सर्वसाधरणसम्म बैंकिङ पहुँच वृद्घि गर्न बैंकले खेलेको भूमिकाको प्रशंसा गरे । उक्त कार्यक्रममा खरेलले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तीय सवलीकरण अभिवृद्वि गर्ने कार्यमा महत्वपूर्ण योगदान पु¥याई रहेको जानकारी गराए ।