कारोबार संवाददाता
बुधवार, बैशाख ११, २०७६
439

सिद्धार्थ बैंकले श्रीमती जेसमीन हाडा बज्राचार्यलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ । श्रीमती हाडाको इन्स्योरेन्स, परामर्श सेवा, संयुक्तराष्ट्र संघ, होटललगायत विभिन्न संघ–संस्थाहरूको कार्य अनुभव रहेको भन्दै बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले बैंकले देशभर १ सय ४९ वटा शाखा र ४ एक्स्टेन्सन् काउन्टरसहित १ सय शाखारहित बैंकिङ सेवा, १ सय ६१ एटीएम र १ हजार ३ सयभन्दा बढी पीओएस मेसिनमार्फत उच्चस्तरिय बैैंकिङ सेवा प्रदान गर्दै आएको पनि जनाएको छ ।