कारोबार संवाददाता
मंगलबार, बैशाख १०, २०७६
585

नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयरको बिक्री आइतबारदेखि सुरु भएको छ । सो संस्थाले १ करोड ६१ लाख ७७ हजार ८ सय रुपैयाँबराबरको १ लाख ६१ हजार ७ सय ७८ रुपैयाँ कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो । कूल जारी पूँजीको ३२.५ प्रतिशत साधारण शेयर बिक्री गर्न लागिएको बताइएको छ ।
साधारण सेयर बिक्री बन्द छिटोमा यही वैशाख ११ गते र ढिलोमा आगामी जेठ ६ गते हुनेछ । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड छ । सो संस्थाको साधारण सेयरमा न्यूनतम १० देखि अधिकतम ८ सय कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ ।