कारोबार संवाददाता
मंगलबार, बैशाख १०, २०७६
470

सिटी एक्सप्रेस मनी ट्रान्सफर यूकेको आइतबार औपचारिक उद्घाटन यूकेको रेडिङस्थित कार्यालयमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा यूकेका लागि नेपालका राजदूत डा.दुर्गाबहादुर सुवेदी प्रमुख अतिथिका रूपमा थिए ।
एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामी, रेडिङ नेपाल समाजका अध्यक्ष टेकबहादुर गुरुङ, सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपालका प्रबन्ध निर्देशक चन्द्र टण्डन, सिटी एक्सपे्रस मनी ट्रान्सफर नेपालका उपाध्यक्ष डोल राजशर्मा, सिटी एक्सप्रेस मनी ट्रान्सफर जापानका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत महेशकुमार श्रेष्ठ र सिटी एक्सप्रेस मनी ट्रान्सफर यूके लिमिटेडका प्रबन्ध निर्देशक करमबहादुर गुरुङले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
सिटी एक्सप्रेस मनी ट्रान्सफर यूकेले आफ्नो सेवा मोबाइल एप्लिकेसन र अनलाइनबाहेक यूके भर आफ्ना प्रतिनिधिमार्फत पनि दिने योजना बताएको बताउँदै छिट्टै नै यूकेबाट नेपालमा मात्रै सीमित नभई विश्वभर विप्रेषण सेवा दिने योजना पनि सार्वजनिक गरेको छ ।