कारोबार संवाददाता
मंगलबार, बैशाख १०, २०७६
345

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सैंबु आवास क्षेत्र उपभोक्ता समितिलाई आवास क्षेत्रमा बस बिसौनी निर्माण गर्ने हेतुल आर्थिक सहयोग प्रदान गरेको छ । आइतबार आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा समितिका अध्यक्ष विवेक कार्कीले संयुक्त रूपमा उक्त बस बिसौनीको उद्घाटन गरेका थिए ।
यसबाट उक्तक्षेत्रमा बसोबास गर्ने आमनागरिकलाई सहज हुने विश्वास बैंकले लिएको छ । कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकले स्थापनाकालदेखि नै सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको जानकारी गराए ।