कारोबार संवाददाता
सोमवार, बैशाख ९, २०७६
377

आधुनिक बैंकिङ, ग्रामीण बैंकिङ र लघुवित्त सेवा एकै साथ सञ्चालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरू विस्तार गर्ने क्रममा काठमाडौंको ढुंगेअड्डामा औपचारिक रूपमा शुभारम्भ गरेको छ ।
उक्त शाखाको उद्घाटन चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले गरेका थिए । शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि मेयर गिरीले मुक्तिनाथ विकास बैंकले विभिन्न शीर्षकमा कर्जा उपलब्ध गराई मानिसहरूलाई व्यवसायी बन्नमा पु-याएको सहयोग उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवाप्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु-याउन सफल बनोस भन्दै शुभकामना व्यक्त गरे ।