कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६
389

मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गरी २०७६ वैशाख १ गतेदेखि लागू हुने गरी तीन नयाँ आकर्षक योजना ल्याएको छ । बैंकले चिसा डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा सुविधा थप गरेको भन्दै भिसा डेबिट कार्डअन्तर्गत बैंकले आफ्नो शाखाबाट इन्स्यान्ट भिसा डेबिट कार्ड सेवा सुविधा सुरु गरेको पनि जनाएको छ ।
यस सुविधाअन्तर्गत ग्राहकले भिसा डेबिट कार्डको निवेदन फाराम बुझाएको दिनमै ग्राहकहरूले तुरुन्त कार्ड लिन पाउने तथा कार्डबाहक ग्राहकहरूले नेपालको जुनसुकै बैंकका एटीएमबाट बिना कुनै अतिरिक्त शुल्कमा रकम झिक्न मिल्ने सुविधा पनि बैंकले थप गरेको जनाएको छ ।
साथै मुक्तिनाथ स्मार्ट बैंकिङ एपबाट नेपाल टेलेकमको नम्बरमा रिचार्ज गर्दा १० प्रतिशत तथा एनसेलमा रिचार्ज गर्दा ५ प्रतिशतसम्मको टपअप बोनस सुविधा पनि सञ्चालन गरेको बताएको छ ।