कारोबार संवाददाता
सोमवार, बैशाख २, २०७६
409

सिटिजन्स बैंक इन्टरनेसनल र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबीच बिमा सेवासम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा सिटिजन्स बैंक इन्टरनेसनलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका थिए ।
यस सम्झौतापश्चात् सिटिजन्स बैंकका ग्राहकहरूले बैंकको कुनै पनि शाखाबाट महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बिमार्ग, सोको प्रिमियम रकम बुझाउन, बिमा लेख लिन, दाबी भुक्तानीलगायत सम्पूर्ण बिमासम्बन्धी सेवाहरू लिन सक्ने बैंकले जनाएको छ । साथै यसबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै छिटो, छरितो र सहज रूपमा जीवन बिमासम्बन्धी सेवाहरू प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको पनि जनाएको छ ।