कारोबार संवाददाता
सोमवार, बैशाख २, २०७६
337

वाणिज्यका सहयोगी कुरियर व्यवसायीहरूको छाता सगंठन नेपाल कुरियर सेवा संघ (कोषान) ले तराईका हावाहुरी पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।
उक्त सहयोगको चेक कोषानले आयोजना गरेको नयाँ वर्ष २०७६ को शुभकामना आदान–प्रदान समारोहमा नेपाल उद्योग वाणिज्य सघंका वस्तुगततर्फका उपाध्याक्ष उमेशलाल श्रेष्ठलाई हस्तान्तरण गरेको थियो । विपत्तिमा परेका देशका नागरिकको सहयोगार्थमा सम्पूर्ण व्यवसायी संघले एकबद्धता जनाउन आग्रह गर्दे आर्थिक सहयोग तीव्र बनाउनुपर्न श्रेष्ठले बताएका छन् ।

हालै तराई क्षेत्रको हावाहुरीमा परी ज्यान गुमाएका परिवारलाई सान्त्वना दिँदै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको उनले कामना गरिएका थिए ।
उक्त कार्यक्रमको सभापतित्व गरिरहेका कोषान अधक्ष्य गोविन्द ढुङ्गेलले कुरियर सेवालाई छिटो, छरितो र विश्वासिलो बनाउन सघंले विभिन्न क्रियाकलाप लक्षित समयभित्र सम्पन्न भएको उनको जिकिर थियो । वाणिज्य सरलीकरणका साथै व्यावसायिक हकहितका लागि नव निर्वाचित कार्यसमितिले कार्य भार सम्हालेको एक सय दिनभित्र त्रिभुवन विमान स्थलमा कुरियरका पार्सल तथा ब्यागेज छिटो जाँचपासका लागि कुरियर डेस्क स्थापना गर्ने कोषान सफल भएको जानकारी गराइएको छ ।
यसबाहेक विभिन्न व्यावसायिक समस्या हल गर्न कोषान र नेपाल फ्रेट फरवार्डर एसोसिएसनबीच भएको समझदारीबाट आगामी दिनमा यो व्यवसाय थप सबल हुँदै जानेमा विश्वास लिइएको उनको दाबी थियो ।
कुरियर कम्पनीका कर्मचारीहरूको योगदानमा आधारित सामाजिक सुरक्षा कोषको स्थापना भएको जानकारी गराइएको थियो । कार्यक्रममा कुरियर व्यवसायीबाट नवीन प्रविधि प्रयोगमार्फत वाणिज्य सरलीकरणमा पु¥याएको योगदानका विषयमा उवामहासघंका पदाधिकारीहरूले जानकारी दिएका थिए । कोषानका कोषाधक्ष्य राजकुमार सामरीले सघंले संकलन गर्न सदस्यता शुल्क, एअर वे बिलबाट प्राप्त हुने सेवा शुल्क त्यस्तै निर्यात कार्गोका लागि चेम्बर अफ कर्मसमार्फत उत्पत्तिको प्रमाणपत्र उपल्वध गराउँदा संकलन हुने शुल्कले समेत संघ सञ्चालनमा सहयोग पुगेको बताएका थिए । आगामी दिनमा सबै कुरियर व्यवसायीका भौतिक सम्पत्तिलाई बिमाको दायरामा ल्याइने जानकारी गराइएको थियो ।