कारोबार संवाददाता
आइतवार, चैत्र १०, २०७५
508

गोर्खाज फाइनान्सले चर्चित गायिका मेलिना राईलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । फाइनान्सको केन्द्रीय कार्यालय डिल्लीबजारमा शुक्रबार एक कार्यक्रमकाबीच नेपाली संगीत क्षेत्रमा चर्चाको शिखरमा रहेकी गायिका राईलाई संस्था व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले एक वर्षका लागि आधिकारिक ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो ।
सम्झौतापत्रमा फाइनान्सका प्रमख कार्यकारी अधिकृत लालबहादुर थिङ र गायिका राईले हस्ताक्षर गरेका छन् । हस्ताक्षरपश्चात् अब एक वर्षसम्मका लागि देश विदेश जुनसुकै स्थानमा जाँदा पनि गायिका राईले गोर्खाज फाइनान्सको व्यवसाय प्रवद्र्धनमा विशेष भूमिका खेल्ने छिन् ।

हस्ताक्षर कार्यक्रममा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङले गायिका राईसँगकोे सहकार्यले फाइनान्सको व्यावसायिक प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । यसले व्यावसायिक फाइदा पुग्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्व मा पनि विशेष टेवा पुग्ने उनको भनाइ छ ।
फाइनान्सको ब्रान्ड एम्बेसडर तथा गायिका राईले फाइनान्सले व्यवसाय प्रवद्र्धनको लागि ब्रान्ड एम्बेसडर जस्तो गरिमाय पदमा नियुक्ति गरेकोमा आफू निकै गौरवान्ति भएको कुरा व्यक्त गरिन् । उनले फाइनान्सको व्यावसायिक प्रवद्र्धनका लागि देश तथा विदेशमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । कार्यकारी अधिकृत थिङले सबैको सहयोग र ग्राहकको अपार मायाले फाइनान्सले प्रगतिपथमा रहेको बताउँदै ब्रान्ड एम्बेसडर नियुक्त गर्नेमा ग वर्गको वित्तीय संस्थामा फाइनानन्स पहिलो भएको दाबी गरे ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै फाइनान्सका अध्यक्ष प्रेम बहादुर खापुङले संगीत क्षेत्रकी हस्ती गायिका राईलाई यस संस्थाले ब्रान्ड एम्बेसडरको रूपमा पाउँदा आफू खुसीको भएको धारणा राखे । अध्यक्ष खापुङले संस्थाको विगतको दिनहरूलाई स्मरण गर्दै २४ वर्ष पूरा गर्र्दै गर्दा फाइनान्सले धेरै प्रगति गरेको र निकट भविष्यमै विकास बैंकको परिकल्पना समेत गरेको बताए ।