कारोबार संवाददाता
मंगलबार, चैत्र ५, २०७५
595

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्ना विभिन्न शाखाहरूमार्फत विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै शनिबार बैंकको दरबारमार्ग शाखाले सरसफाइ तथा बैंकिङ कारोबारसम्बन्धी जनचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
‘सफा सहर हामी सबैको रहर’ भन्ने मूल नारा रहेको उक्त सरसफाइ अभियान दरबारमार्ग क्षेत्रमा आयोजित रहेको थियो । काठमाडौं महानगरपालिका–१ का वडा अध्यक्ष भरतलाल श्रेष्ठको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा बैंकका प्रतिनिधिहरू, दरबारमार्गस्थित महानगरीय प्रहरी वृत्तका प्रमुख विनोद घिमिरे, दरबारमार्ग विकास बोर्डका प्रतिनिधिहरू, वडा नं १ का प्रतिनिधिहरू तथा स्थानीय बासिन्दाहरूको सहभागिता थियो । सरसफाइ कार्यक्रम गर्नुका साथै बैंकका प्रतिनिधिहरूले सर्वसाधारणमाँझ बैंकिङ कारोबारसम्बन्धी जानकारी व्यक्त गरेका थिए ।