कारोबार संवाददाता
शुक्रवार, चैत्र १, २०७५
416

कुमारी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नयाँ वानेश्वरस्थित ‘नयाँ समाज नेपाल’ नामक एक परोपकारी संस्थालाई वित्तीय सहयोग प्रदान गरेको छ । उक्त संस्था न्यून आयस्रोत तथा एकल अभिभावक परिवारका बालबालिकाहरूको आधारभूत आवश्यकता परिपूर्तिका लागि कार्यरत छ ।
उक्त संस्थाको हेरचाहमा रहेका सबै बालबालिकाहरूलाई बैंकले लत्ताकपडा तथा खाद्यान्न सामग्री उपलब्ध गराएको जनाएको छ । कुमारी बैंकको कर्मचारी युनियनको पहलमा भएको सो सहयोग कार्यक्रममा बैंकका तर्फबाट चिफ् डिपोजिट मार्र्केिटङ राजेश श्रेष्ठ र युनियनका अध्यक्ष शिव पाठकले नयाँ समाज नेपालका अध्यक्ष कृष्णराज गुरुङलाई सहयोग सामग्री हस्तान्तरण गरेका थिए । स्वास्थ्य, शिक्षा, सम्पदा र वातावरणलगायत समाजका विविध क्षेत्रहरूमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै आएको कुमारी बैंकले आगामी दिनहरूमा अझ प्रभावकारी योगदान पु¥याउने प्रतिबद्धता जनाएको छ ।