कारोबार संवाददाता
शुक्रवार, चैत्र १, २०७५
432

एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाले १ दिने ट्याबलेट सञ्चालन प्रशिक्षण-तालिम कार्यक्रम आयोजना गरेको छ । संस्थाले फिल्डमा काम गर्ने कनिष्ठ सहायक र प्रशिक्षार्थीहरूलाई लघुवित्त र त्यसका आधारभूत पक्षको बारेमा ज्ञान दिई आफ्नो सम्पूर्ण ग्राहक सदस्यलाई दिने र दिएको सेवा सुविधा एवं आर्थिक कारोबारका बारेमा जानकारी गराई छिटो, सहज र सरल र सर्व सुलभ तरिकाले सेवा दिने उद्देश्यले उक्त तालिमको आयोजना गरेको जनाएको छ ।
उक्त प्रशिक्षण÷तालिम वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत मुरलीप्रसाद लम्सालले मंगलबार एक कार्यक्रमकाबीच उद्घाटन गरेका थिए ।

एकदिने उक्त तालिममा ट्यावलेटमा काम गर्ने तौरतरिका बारेमा सहभागीहरूलाई स्पष्ट पारिएको थियो । तालिममा २० वटा शाखाका ३५ जना सहभागी थिए । सूचना प्रविधि विभाग प्रमुख र सूचना प्रविधि विभागका कर्मचारी भावना पौडेल र टंक शिवाकोटी र युरानस टेच नेपाल काठमाडौंका कर्मचारी निराजन रिजाल र एलेक्सी ढुङ्गानाले ट्यावलेट सञ्चालनसम्बन्धी प्रशिक्षण दिएका थिए । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत मुरलीप्रसाद लम्सालले लघुवित्तले विपन्न, गरिब तथा पछाडि परेका वर्ग, समुदायमा काम गर्ने भएकाले यस क्षेत्रले आर्थिक विकासको साथ साथै सामुदयिक विकासका लागि पनि कार्य गर्दै आएको कुरा व्यक्त गरे ।
लघुवित्तले फिल्डमा गई आफ्ना ग्राहक सदस्यको घरदैलोमा नै सेवा दिने भएकोले कर्मचारीहरूले सदस्यहरूसँग गर्ने व्यावसायिक व्यवहार र ग्राहकसँगको सम्बन्ध म्बन्धी विषयवस्तु बारेमा प्रस्तुतीकरण दिँदै कर्मचारीहरू अन्तरात्मादेखि नै प्रतिबद्ध हुनुपर्ने धारणा प्रस्तुत गरे ।