कारोबार संवाददाता
बुधवार, फाल्गुन ८, २०७५
494

सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा मंगलबार एक कार्यक्रमबीच बालविकास समाजलाई १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त चेक सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यद्वारा बालविकास समाजका कोषाध्यक्ष सुरेन्द्र ढकाललाई हस्तान्तरण गरिएको थियो ।
देशको भविष्य युवा पुस्ताको हातमा रहेको कुरा मनन गर्दै बालविकास समाजलाई यो सहयोग गरिएको कुरा बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले बताए । सिभिल बैंकले आफ्नो स्थापनाकालदेखि नै बालबालिकाको क्षेत्रमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत पाँचखालमा सञ्चालित ‘समाज कल्याण बालगृहका तीन अनाथ बालकहरूको कक्षा १० सम्मको सम्पूर्ण खर्च बैंकले विगत ८ वर्षदेखि बेहोर्दै आइरहेको भन्दै बैंकले बालविकास समाजसँग पनि बैंकले विगत ३ वर्षदेखि निरन्तर रूपमा सहयोग उपलब्ध गराउँदै आइरहेका जनाएको छ ।