कारोबार संवाददाता
बुधवार, फाल्गुन ८, २०७५
501

अजोड इन्स्योरेन्स र मेगा बैंक नेपाल लिमिटेडबीच सहकार्य गर्दै बिमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री तथा मेगा बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत रभिना देशराज श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताबमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने बैंकले जनाएको छ ।