कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ३, २०७५
483

आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र हरिपुर नगारपालिका, सर्लाहीबीच हरिपुर नगरपालिकाको आफ्नो सम्पूर्ण बिमाहरूलगायत नगरवासीहरूको भौतिक सम्पत्तिलगायत सम्पूर्ण कृषकहरूको पशु, पन्छी तथा कृषि बिमालगायत व्यक्तिगत दुर्घटना बिमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक मुनिन्द्र ठाकुर र हरिपुर नगरापालिकाका नगरप्रमुख जमिरुद्धिन मन्सुरले हस्ताक्षर गरेका थिए । उक्त सम्झौतापश्चात् हरपुर नगरापालिकाको सम्पूर्ण बिमालगायत नगरवासी दाजु भाइ तथा दिदी–बहिनीहरूले आफ्नो पशुपन्छी तथा बालिनालीको बिमा ढुक्कसँग आईएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्नसक्ने छन् भने नगरापालिकाले आफ्ना नगरवासीहरूको पशुधन, कृषि तथा नगराबासीहरको दुर्घटना बिमा गराई आफ्ना नगरवासीहरूलाई सदैव ढुक्क भएर आफनो व्यावसाय गर्न प्रेरणा हुने कम्पनीले विश्वास लिएको छ ।