कारोबार संवाददाता
मंगलबार, माघ २९, २०७५
465

सेञ्चुरी कमर्सियल बैंकले श्रीपञ्चमीको उपलक्ष्यमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रुपन्देही–५ स्थित मर्चवार आर्दश मावि, मझगावां, विद्यालयलाई २९५ थान ब्याग हस्तान्तरण गरेको छ । सो ब्याग बैंकको भैरहवाका क्षेत्रीय प्रबन्धक प्रविनकुमार दाहालले विद्यालयका सञ्चालक समिति अध्यक्ष मुवारक अलीको उपस्थितीमा सो विद्यालयका विद्यार्थीहरूलाई हस्तान्तरण गरेका थिए ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अन्य थुपै कार्यक्रमहरू गर्दै आएको भन्दै बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखाहरू र ६ वटा एक्स्टेन्सन काउन्टरहरू र उपत्यका बाहिर ९६ शाखाहरू र २ वटा एक्स्टेन्सन काउन्टरहरू साथै १३ वटा शाखारहित बैंकिङ गरी जम्मा १३० स्थानबाट कारोबार सञ्चालन गरिरहेको जनाएको छ ।