कारोबार संवाददाता
सोमवार, माघ २८, २०७५
492

प्रभु बैंकले डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका–४ मा आजदेखि बैंकको नवदुर्गा शाखा कार्यालय सञ्चालनमा आएको छ । नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टबाट एक समारोहकाबीच बैंकको नवदुर्गा शाखा कार्यालय उद्घाटन भएको बैंकले जनाएको छ ।
शाखा कार्यालय उद्घाटन कार्यक्रममा डडेलधुरा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि हरू, उद्योग वाणिज्य संंघ डडेलधुराका पदाधिकारीहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, स्थानीय व्यापारी, बुद्धिजीवीलगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति थियो । कार्यक्रमका प्रमुख अतिथि नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले गाउँ–गाउँमापुगेर बैंकिङ सेवाविस्तार गरेकामा खुसी प्रकट गर्दै यस नवदुर्गा शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रूपमा गुणस्तरीय बैंकिङ सेवा उपलब्ध भएको बताए ।


सातामा धेरै पढिएको