कारोबार संवाददाता
शुक्रवार, पुष २७, २०७५
770

ग्लोबल आईएमई बैंकले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण कार्यक्रमको आयोजना गरेको छ । ‘रक्तदान नै जीवनदान’हो भन्ने मूल नाराका साथ बिहीबार बैंकको कान्तिपथ शाखामा आयोजना गरिएको रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहकहरूको उत्साहजनक सहभागिता थियो ।
मुलुकमा देखिएको रगत अभावलाई ध्यानमा राखेर बैंकले रक्तदान कार्यक्रमको आयोजना गरेको जनाएको छ । ०६३ पुस १८ गतेबाट सञ्चालनमा आएको ग्लोबल आईएमई बैंकले स्थापनाको छोटो अवधिमै अलग पहिचान बनाउन सफल भएको पनि जनाएको छ ।