कारोबार संवाददाता
बिहिवार, पुष २६, २०७५
625

एनआईसी एसिया बैंक लिमिटेडले ‘अन्तरराष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ः २०१५’ पाउन सफल भएको छ । बेलायतबाट प्राप्त उक्त अवार्डले बैंकले आफनो गरिमा बढाएको बताएको छ । पछिल्लो समय बैंकले विभिन्न ग्राहकमुखी योजना, आफ्नो सबल चुस्तव्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन साथै प्रणालीगत व्यवस्थापकीय क्षमतामा आधारित सेवा आदिमा राम्रो सुधार गर्दै उत्कृष्ट सेवा दिन सफल भएकाले नै यो अन्तरराष्ट्रिय स्तरको प्रमाणपत्र पाउन बैंक सफल भएको पनि बैंकको दाबी छ