कारोबार संवाददाता
मंगलबार, मंसिर ४, २०७५
349

एभरेस्ट बैंकले यस वर्ष आफ्नो २५ वर्षको यात्रा विभिन्न कार्यक्रमहरू सञ्चालन गरेर मनाइरहेको छ । बैंकले भर्खरै कर्मचारीहरूको प्रतिभा खोज्नको लागि ईबीएल ट्यालेन्ट हन्टको आयोजना गरेको छ । कार्यक्रममा, कर्मचारीहरूबीच प्रतिस्पर्धा तीन विभिन्न श्रेणिमा आयोजित गरिएको थियो । जसमा गायन, नृत्य र स्ट्यान्डअप कमेडी छन् ।
प्रसिद्ध कलाकार मिथिला शर्मा र देशका प्रसिद्ध गायिक कुन्ति मुक्तानले जुरीको नेतृत्व गरिन् । कार्यक्रममा बैंकको सीईओ सोमेश्वर सेठले विजेता र कार्यक्रमका सहभागीहरूलाई ट्राफी प्रदान गरे । हाल एभरेस्ट बैंकसँग ९ लाख ५० हजारभन्दा बढी ग्राहक संख्या रहेको छ । हालै यस बैंक क्यामल्स रेटिङमा नेपालका बैंकहरूमध्ये दोस्रो स्थानमा पर्न सफल भएको छ । यस बैंकको ८६ शाखा, ३ वटा एक्टेन्सन काउन्टर, २८ वटा रेभिन्यू संकलन केन्द्र तथा ११३ वटा एटीएम तथा यसको ग्लोवल सञ्जालबाट प्राफेस्नल र इफिसियन्ट बैंकिङ सेवा प्रदान गरिरहेको छ ।