कारोबार संवाददाता
बुधवार, कार्तिक २१, २०७५
360

पोखरा फाइनान्स लिमिटेडले आव २०७४र७५ को लाभांश वितरणका लागि २२ औं वार्षिक साधारणसभामार्फत हालको चुक्ता पुँजी रु. ८१.६४ करोडको नगद तथा बोनस सेयर समेत गरी कुल १३.६८४५ (नगद लाभांश ८.६८४५, बोनस सेयर ५५) पारित गरेको छ ।
संस्थाको हाल तनहृ्ँ, लमजुङ, रुपन्देही, काठमाडौं, स्याङजा, नवलपरासी, चितवन एवं कास्की समेतमा गरी १४ वटा शाखा कार्यालय सञ्चालनमा आइसकेको र निकट भविष्यमा नै चितवनको शारदानगर, गोरखाको पालुङटार, रुपन्देहीको बुटवल तथा कास्की पोखराको बा“झापाटन शाखासमेत सञ्चालनमा आउने तथा आव २०७५र७६ मा थप अन्य शाखाहरु समेत खोलिने भएको छ ।

संस्थाले सि–आस्बा तथा मोवाइल बैंकिङ सेवाको सुरुवात गरिसकेको छ भने यस अवधिमा निक्षेप ४ अर्ब ७७ रुपैयाँ करोड एवं कर्जा लगानीतर्फ ४ अर्ब ४० करोड रुपैयाँ कायम गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जानकारी दिए ।