कारोबार संवाददाता
शुक्रवार, आश्विन ५, २०७५
678

सेञ्चुरी कमर्सियल बैंक र नख्खु, ललितपुरस्थित नेपाल मेडिसिटीबीच विभिन्न सेवा सुविधामा दिइने छुटसम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरू तथा सेयरधनीहरूलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौताअनुसार बैंैकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरू तथा बैंकका सेयरधनीहरूले विभिन्न सुविधाहरूमा विशेष सहुलियत पाउनेछन् । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् । बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरू र ६ वटा एक्सटेन्सन काउन्टरहरू र उपत्यका बाहिर ९१ शाखाहरू र २ वटा एक्स्टेन्सन काउन्टरहरू साथै १० वटा शाखारहित बैंकिङ गरी जम्मा १२१ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।