कारोबार संवाददाता
शुक्रवार, आश्विन ५, २०७५
517

यस जनता बैंक नेपाल लिमिटेडबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत केन्द्रीय बहिरा क्याम्पस, नक्साललाई नगद तथा कम्प्युटर उपकरणहरू हस्तान्तरण गरिएको छ । बिहीबार एक समारोहकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले नगद ५ लाख रुपैयाँ, आइफाइभ ल्यापटप ५ थान, डेस्कटप कम्प्युटर १ थान र प्रोजेक्टर १ थान हस्तान्तरण गरे । बहिरा विद्यार्थीहरूलाई सांकेतिक भाषामा उच्च शिक्षा प्रदान गर्न सामाजिक संस्थाको रूपमा ५ वर्ष अगाडि स्थापना गरिएको केन्द्रीय बहिरा क्याम्पसलाई यस बैंकले विगत ३ वर्षदेखि आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।
क्याम्पसमा हाल छात्र÷छात्रा गरी ८९ जना बहिरा विद्यार्थीहरू स्नातक तहमा अध्ययनरत छन् । सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यलाई महत्वपूर्ण जिम्मेवारीका रूपमा लिएको यस बैंकले देशका विभिन्न क्षेत्रमा स्वास्थ्य, शिक्षालाई प्राथमिकतामा राखी सामाजिक कार्यहरू गर्दै आएको छ ।