कारोबार संवाददाता
बुधवार, आश्विन ३, २०७५
558

नेपाल इन्भेस्टमेन्ट बैंकले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१३ स्थित चुनिखेलमा आफ्नो आठौ एक्स्टेन्सन काउन्टर खोलेको छ । बैंकका नायव महाप्रबन्धक विजेन्द्र सुवाल र वडा अध्यक्ष श्रीकृष्ण श्रेष्ठले काउन्टरको संयुक्त रूपमा उद्घाटन गरे । काठमाडौँको पूर्वि भूभागमा पर्ने बूढानीलकण्ठस्थित १३ नम्बर वडा कार्यलयमा खोलिएको काउन्टरले चुनिखेल क्षेत्रको वडासम्बन्धी सम्पूर्ण आर्थिक कारोबार गर्न सहयोग गर्नेछ ।
साथै काउन्टरले ७ हजारको संख्यामा रहेका स्थानीय जनतालाई वित्तीय साक्षरता प्रदान गरी बैंकिङ कारोबारका लागि प्रोत्साहन गर्ने बैंकले जनाएको छ । त्यस्तै सर्लाहीको बरहथवास्थित गुदारी बजारमा रहेको नेपाल इन्भेस्टमेन्ट बैंकको शाखालाई स्थानीय मागअनुसार इलाका प्रहरी कार्यालय अगाडि स्थानान्तरण गरिएको छ । ८० हजारको हाराहारीमा रहेका स्थानीयलाई छिटो, छरितो र उत्कृष्ट वित्तीय सेवा दिन बैंक प्रयासरत रहनेछ ।