कारोबार संवाददाता
बुधवार, भदौ २७, २०७५
513

प्रभु इन्स्योरेन्स लिमिटेड र नर्भिक इन्टरनेसनलहस्पिटलबीच नगदरहित सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा नर्भिक इन्टरनेसनल हस्पिटलको तर्फबाट एक्ज्युकेटिभ डाइरेक्टर राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गरे ।
सम्झौताअनुसार प्रभु इन्स्योरेन्सबाट औषधोपचार बिमा गराउने ग्राहकहरुले नर्भिक इन्टरनेसनल हस्पिटलमा भर्ना भई औषधोपचार गराउँदा साथमा नगद नभए तापनि बिमालेखको सीमासम्म नगदरहितको सुविधाप्राप्त गर्न सक्नेछन् ।