कारोबार संवाददाता
बुधवार, भदौ २७, २०७५
658

‘बैक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि’ भन्ने मूल नाराका साथ आमजनमानसमा केन्द्रित बैैंकिङ सेवा प्रदान गर्दै आइरहेको नेपालकै सबैभन्दा ठूलो बैंक एनआईसी एसिया बैंकले चमत्कारिक विशेषताहरू भएका दुई नयाँकर्जा योजनाहरू ‘चमत्कारिक सवारी कर्जा रचमत्कारिक घर जग्गाकर्जा’ सार्वजनिक गरेको छ । यस कर्जा योजनाहरू ग्राहकहरूको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राख्दै सबैका लागि अझ बढी सहज, सवल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको हो ।
‘एनआईसी एसियाको साँच्चै चमत्कार अब गर्नुहोस्आफ्नो सपना साकार’ भन्ने नाराका साथ चमत्कारिक सवारी कर्जा सार्वजनिक गरेको छ । यस योजनाबाट नयाँ गाडी लिनबाट पुरानो सवारी साधन साट्न चाहने सम्पूर्ण ग्राहकहरूले समेत चमत्कारिक लाभ उढाउन सक्नुहुनेछ ।
दुवै चमत्कारिक कर्जा योजनाहरू बैंकको आफ्नो मुलुकभरी रहेको २ सय ४४ वटै शाखा कार्यालयहरूबाट ग्राहकहरूलाई आफूले चाहेको गाडी तथा घर जग्गाबिना झन्झट, न्यूनतम ब्याजदर तथा न्युनतम किस्ता रकममा उपलब्ध गराउनेछ । यो योजनाबाट ग्राहकहरू अधिकतम लाभान्वित हुने विश्वास हामीले लिएको छांै । साथै ग्राहकहरूको क्रयशक्ति अझ मजबुत बनाइ गाडी चढ्ने तथा आफ्नो निजीघरमा बस्ने सपना यस योजनाले सजिलै पूरा गर्नेमा हामी विश्वस्त छौं ।