कारोबार संवाददाता
आइतवार, असार १, २०७६

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण सचिव गोपीनाथ मैनालीले सहकारी संघसंस्थाहरूलाई सहकारी ऐन र नियमावलीका व्यवस्था पालना गर्न निर्देशन दिएका छन् । ऐन तथा नियमावलीका व्यवस्था अव्यवहारिक भएको भन्दै सुधार गर्न लविङ गरिरहेका सहकारीकर्मीलाई उनले सहकारी ऐनअनुसार संस्था सञ्चालन गर्न नसक्नेलाई अन्य क्षेत्रतिर लाग्न विकल्प रहेको बताए ।

232
कारोबार संवाददाता
आइतवार, असार १, २०७६

प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरूलाई सरल र सहज रूपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ सेवा पुरयाउने उद्देश्यका साथ शुक्रबारदेखि कैलाली जिल्ला टीकापुर नपा–१ स्थित टीकापुरमा शाखा कार्यालय खोली कारोबार सञ्चालनमा ल्याएको छ ।

115
कारोबार संवाददाता
आइतवार, असार १, २०७६

नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स (नाट्टा) र नेपाल क्लियरिङ हाउसबीच नाट्टाका सदस्य ट्राभल एजेन्टहरू र तीनका ग्राहकले सोझै बैंक खाताबाट अनलाइन भुक्तानी कारोबारहरू गर्न मिल्ने गरी भुक्तानी प्रणालीहरूको व्यवस्था गर्ने सम्झौता भएको छ । उक्त समझदारीमा नाट्टाका अध्यक्ष सीएन पाण्डे तथा क्लियरिङ हाउसका प्रमुखकार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्

109
कारोबार संवाददाता
आइतवार, असार १, २०७६

नेपाल बैंकको दुई दिवसीय केन्द्रीय बजेट तर्जुमा गोष्ठी हालै काठमाडौंमा सम्पन्न भएको छ । चालू आव २०७५।७६ को समीक्षा तथा आगामी आव २०७६।७७ को बजेट तर्जुमा गर्ने उद्देश्यले आयोजित उक्त गोष्ठीमा बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले ग्राहक सेवाको गुणस्तर अभिवृद्घि, नयाँ प्रडक्ट, कर्मचारी उत्पादकत्व अभिवृद्घि, संस्थागत सुशासन, जोखिम व्यवस्थापन, वित्तीय अनुशासन, केवाईसी कम्प्लायन्स, ब्रान्चलेस तथा इलेक्टोनिक बैंकिङ सेवा विस्तार जस्ता महत्वपूर्ण विषयमा केन्द्रित रही बजेट निर्माणमा सहभागी हुन सहभागीहरूलाई निर्देशन गरे ।

90
कारोबार संवाददाता
आइतवार, असार १, २०७६

नेपाल बंगलादेश बैंक र सन नेपाल लाइफ इन्स्योरेन्सबीच शुक्रबार बिमा सुविधा सेवासम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठ तथा इन्स्योरेन्सका तर्फबाट प्रमुख बजार व्यवस्थापक राजु केसीले हस्ताक्षर गरेका थिए ।

58
कारोबार संवाददाता
आइतवार, असार १, २०७६

महालक्ष्मी विकास बैंकले बैंकिङ सेवाको पहुँच देशभर पु¥याउने उद्देश्यबमोजिम शाखा सञ्जाल विस्तार गर्दै आउने क्रममा शुक्रबारदेखि काठमाडौं महानगरपालिका–४ स्थित भाटभटेनी, टंगालमा शाखा विस्तार गरी बैंकिङ कारोबार सञ्चालन गरेको छ ।

63
कारोबार संवाददाता
शुक्रवार, जेठ ३१, २०७६

नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई मर्जरमा जाने बाध्यकारी व्यवस्था लागु गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीतिमार्फत् लघुवित्त संस्थाहरुलाई मर्जरमा जाने बाध्यकारी व्यवस्था लागु गर्ने तयारी गरेको हो ।

626
कारोबार संवाददाता
शुक्रवार, जेठ ३१, २०७६

सनराइज बैंकले रूपा गाउँपालिका र स्कुल अफ बिजनेस, पोखरा विश्वविद्यालयको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्मपन्न गरेको छ । नेपाल सरकारको ‘समृद्धिसँग जोडौं नाताः सबै नेपालीको बैंक खाता’‘ अभियानलाई निरन्तरता दिँदै, सनराइज बैंकले जेठ २६ गते रूपा गाउँपालिका–२, थुम्कीमा साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।

166
कारोबार संवाददाता
शुक्रवार, जेठ ३१, २०७६

प्रभु बैंकले सेवाग्राहीहरुलाई सरल र सहज रूपमा अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ बिहीबारदेखि कैलाली जिल्ला गोदावरी नपा–१ स्थित अत्तरियामा शाखा कार्यालय खोली कारोबार सञ्चालनमा ल्याएको छ ।

148
कारोबार संवाददाता
शुक्रवार, जेठ ३१, २०७६

मंगलबार सुनसरी जिल्लाको इनरुवा नगरपालीका स्थित इनरुवा र सोही जिल्ला कै बराहाक्षेत्र नगरपालिकास्थित चक्रघट्टी तथा बिहीबार झापा जिल्लाको भद्रपुर नगरपालिका–१०, स्थित चन्द्रगढी र सोही जिल्लाकै मेचीनगर नगरपालिकास्थित काँकरभिट्टा शाखा कार्यालयहरूको औपचारिक उद्घाटन गरेको जनाएको छ ।

148
कारोबार संवाददाता
शुक्रवार, जेठ ३१, २०७६

गरिमा विकास बैंकले पोखरा महानगरपालिका–२५ हेम्जामा आफ्नो नयाँ शाखा स्थापना गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. डिल्लीराम पोखरेल र पोखरा महानगरपालिका–२५ का वडाध्यक्ष शोभाखर तिमिल्सिनाले संयुक्त रूपमा गरेका हुन् । कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले संस्था सक्षम र अब्बल बन्नका लागि उत्कृष्ट सेवा प्रवाह सँगसँगै संस्थागत सुशासन समेत महत्वपूर्ण रहने हुँदा विकास बैंकले सेवा प्रवाह सँगसँगै संस्थागत सुशासनमा समेत सदैव महत्व दिइरहेको बताए ।

112
कारोबार संवाददाता
शुक्रवार, जेठ ३१, २०७६

महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा नवलपुर जिल्ला, कावासोती नगरपालिका–८, स्थित कावासोती शाखा कार्यालयको बिहीबार औपचारिक उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन प्रमुख अतिथि कावासोती नगरपालिकाका नगरप्रमुख चन्द्रकुमारी पुनले गरिन् ।

107
कारोबार संवाददाता
बिहिवार, जेठ ३०, २०७६

मेगा बैंक नेपाल र प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडबीच बिमा व्यावसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

151
कारोबार संवाददाता
बिहिवार, जेठ ३०, २०७६

ग्राहकहरूलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक र हस्पिटल फोर अड्भान्स्ड एन्ड मेडिसिन सर्जरी (ह्याम्स्) बीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ ।

201
कारोबार संवाददाता
बिहिवार, जेठ ३०, २०७६

देशको ग्रामीण तहसम्म बंैकिङ पहुँच पु¥याइ सहज र सरल वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यअनुसार शाखा विस्तारलाई निरन्तरता दिइरहेको जनता बैंक नेपालले बुधबार एकै साथ काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी एकै साथ ६ शाखाको उद्घाटन गरी कारोबार सुरु गरेको छ ।

150