कारोबार संवाददाता
बिहिवार, जेठ ३, २०७५
1268

नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले होन्डा ग्राजिया बजारमा ल्याएको हो । समकालीन सहरी डिजाइनमा आधारित होन्डा ग्राजियामा आकर्षक र स्टाइलिस लुक छ । जसले आधुनिक स्कुटरहरूलाई पूर्णरुपमा रि–डिफाइन गर्न सफल भएकोे छ । एलइडी हेडल्याम्प युक्त यस स्कुटरमा १२५ सिसि इन्जिन छ । होन्डा ईको टेक्नोलोजीको प्रयोगका कारण यस स्कुटरमा बढी माइलेज र पावर हुनुका साथै १९० एमएम फ्रन्ट डिस्क ब्रेक भएकाले यसलाई आवश्यक समयमा रोक्न पनि अब सजिलो हुनेछ ।
विभिन्न विशेषताहरूले भरिपूर्ण यस होन्डा ग्राजियामा अर्को मुख्य आकर्षक विशेषता भनेको यसमा रहेको फ्रन्ट ग्लोब बक्स र मोबाइल चार्जिङ सकेट हो । सन् १९६८ मा ज्योति ग्रुपद्वारा आयात गरिने होण्डा मोटरसाइकलहरूको बिक्रिवितरणसँगै सन् १९७६ मा स्थापित स्याकार ट्रेडिङ कम्पनी जसको सोरुमहरू नेपालभर फैलिएका छन् ।

 

सातामा धेरै पढिएको