महिन्द्रा टु ह्वीलर अब जनकपुरमा
कारोबार संवाददाता
सोमवार, बैशाख ३१, २०७५
180

अग्नि मोटो इन्कले महिन्द्रा टु ह्वीलरको नयाँ सोरुम जनकपुरमा खोलेको छ । जनकपुर र आसापासका उपभोक्तालाई लक्षित गर्दै सेल्स, सर्भिस र स्पेयर पार्टसको सुविधासहितको सोरुम सञ्चालनमा ल्याएको हो । यो सोरुम शनिबारबाट सुरु भएको छ । जनकपुरस्थित महागणपति अटो सेल्स् सोरुमको उद्घाटन प्रदेश नं.२ का सांसद रामआशिष यादवले गरेका थिए । सोरुम उद्घाटनमा अवसरमा नगद छुटको व्यवस्था मिलाइएको छ । १० हजार ३ सय ७५ देखि २० हजार ७५० रुपैयाँसम्मको छुट प्राप्त गर्न सकिने छ ।
कम्पनी केवल बिक्री गर्नतर्फ मात्र केन्द्रित नभई ग्राहमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टस्हरुको सर्वसुलभतातर्फ पनि विशेष ध्यान केन्द्र्रित छ । चाहिएको वेला सर्वसुलभ तरिकाबाट मोटरसाइकल तथा स्कुटर खरिद, सर्भिसिङ तथा समयमै ग्राहकरुलाई स्पेयरपार्टस्हरु उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु यस सेन्टरको प्रमुख उद्देश्य छ । साथै सोरुमको स्थापनासँगै कम्पनी र ग्राहकबीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास कम्पनीले लिएको छ ।

 

सातामा धेरै पढिएको