कारोबार संवाददाता
सोमवार, असार २२, २०७७
606

 नेपालका लागि हुण्डाइ मोटर्सको एक मात्र आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले कोरोना महामारीको परिस्थितिलाई सहज बनाउन नयाँ अफर ल्याएको छ । ग्राहकहरुको सुविधाका लागि कम्पनीले नयाँ योजजना ल्याएको जनाएको छ । यस सुविधामार्फत ग्राहकले सोरुमसम्म नपुगिक अनलाइनबाट आफूलाई चाहिएको हुण्डाई गाडीको बुकिङ्ग गर्न सक्ने छन् । लक्ष्मी हुण्डाइले सामाजिक दुरी कायम राख्दै आफ्ना ग्राहकलाई उत्कृष्ट तथा नौलो सुविधा प्रदान गर्न आफ्नो आधिकारीक वेबसाइटबाट क्लिक टु बुक सेवाको सुरुवात गरेको जनाएको छ ।
ग्राहकहरुका लागि गाडी खरिदको प्रक्रिया सहज बनाउन यस प्रणालीमार्फत ग्राहकहरुले आफूलाई चाहिएको गाडी सजिलै खोजेर छनौट गरी त्यस गाडीको विभिन्न विशेषताहरु, मूल्य, छुट तथा अन्य विभिन्न फाइदाहरुका साथै गाडीका विभिन्न रंगहरुको पनि जानकारी लिन सक्ने पनि कम्पनीले जनायो । ग्राहकहरुले चाहिएको गाडी छनौट गरे पश्चात बिक्री परामर्शका लागि दर्ता प्रक्रिया सेट–अप गरिने भन्दै कम्पनीले त्यस पछि ग्राहकलाई तोकिएको बिक्री परामर्शदाताले सिधैं सम्पर्क गर्ने पनि जनायो । ग्राहकहरुले टेस्ट ड्राइभका लागि पनि अनलाइनबाट अनुरोध गर्न सक्नेछन्, जस्को व्यवस्थापन बिक्री परामर्शदाताले नै गर्नेछन् ।
यसका साथै सवारी साधनको एक्सचेन्जको अनुरोध पनि अनलाइनपोटलमार्फत गर्न सक्ने कम्पनीले जनाएको छ ।