कारोबार संवाददाता
शुक्रवार, असार १२, २०७७
779

यमाहा ब्राण्डको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी एमएडब्लू इन्टरप्राइजेजले लकडाउनमा यमाहा मोटरसाइकल खरिद गर्दा ४ आकर्षक छुट दिने घोषणा गरेको छ । कम्पनीले बुधबार आकर्षक स्किम सार्वजनिक गर्दै यमाहा आर १५ भी ३ को मोटरसाइकल खरिदमा ४ वटा छुटको सुविधा ल्याएको हो ।
नयाँ स्किमअन्तर्गत अब ग्राहकले यमाहा आर १५ भी ३ मोटरसाइकल खरिद गर्दा शून्य प्रतिशत डाउन पेमेन्टमा किन्न पाउनेछन् । यसरी किन्दा ग्राहकले ३६ महिनाभित्र सम्पूर्ण किस्ता चुक्ता गरिसक्नुपर्ने हुन्छ । ३ वर्षका लागि खरिद गर्दा मासिक १६ हजार ५ सय ७५ रुपैयाँ किस्ता बुझाउनुपर्ने हुन्छ ।

त्यत्ति मात्र नभएर कर्पोरेट क्षेत्रमा कार्यरत ग्राहकहरूलाई पनि विशेष छुटको व्यवस्था गरेको छ । त्यस्ता ग्राहकलाई मोटरसाइकल खरिदमा ५० प्रतिशत रकम तिरेर खरिद गरेमा बाँकी ५० प्रतिशत रकमको ब्याज नलाग्ने व्यवस्था गरेको छ ।
यसरी ब्याज नलाग्ने ग्राहकले भने १ वर्षभित्रमा सबै रकम चुक्ता गरिसक्नुपर्ने प्रावधान छ । ४ लाख ६४ हजार ९ सय रुपैयाँ पर्ने मोटरसाइकल खरिद गर्दा एक वर्षभित्र हरेक महिना ग्राहकले १९ हजार ३ सय ७१ रुपैयाँ बुझाउनुपर्ने हुन्छ । यो ब्याज नभएर साँवा मात्र हुने कम्पनीले जनाएको छ ।