कारोबार संवाददाता
बुधवार, जेठ १४, २०७७
1026

कोरोना प्रकोपलाई सामना गर्न सामूहिक लागत कटौतीका उपायहरूको रूपमा, टाटा सन्सका अध्यक्ष र सबै समूह कम्पनीका सीईओको तलब २० प्रतिशत घट्ने भएको छ ।
टाटा समूहको इतिहासमा पहिलो पटक तलब कटौतीको निर्णय लिइएको छ । कर्मचारीको उत्प्रेरणा र संस्थानको व्यवसायिक रुपमा अगाडि बढाउन टाटाले उच्च अधिकारीको तलब कटौतीको निर्णय लिएको हो ।

इटीको रिपोर्टका अनुसार टाटा समूहको प्रमुख कम्पनी टाटा कन्सल्टन्सी सर्विसेज (टीसीएस) का सीईओ राजेश गोपीनाथनले सर्वप्रथम तलब कटौती गर्ने घोषणा गरे । टाटा स्टील, टाटा मोटर्स, टाटा पावर, ट्रेंट, टाटा इन्टरनेशनल, टाटा क्यापिटल, भोल्टास सीईओ र एमडीको तलब पनि कटौती गरिनेछ ।
“हाम्रो समूहको इतिहासमा यो पहिलो पटक हो कि ब्यापारलाई जोगाउन यस्ता कडा कदम चालेको छ,” समूहका एक प्रमुख सीईओले नाम न छाप्ने सर्तमा भने ।
२०१९मा मा टाटा समूहका सीईओको तलब ११ प्रतिशतले बढेको थियो ।
यसभन्दा पहिले, आर्थिक वर्ष २०१८ मा तलब १४ प्रतिशतले वृद्धि भएको थियो । टीसीएस बाहेक, समूहका अन्य कम्पनीहरूले वित्तीय वर्ष २०२० को लागि वार्षिक रिपोर्ट पेश गरेका छैनन् । टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरनको तलब आर्थिक वर्ष २०१९ मा १९ प्रतिशतले बढेर ६५ करोड भारतीय रुपैयाँ पुगेको थियो ।
वित्त वर्ष २०१९ मा टाटा समूहका कम्पनीको बिक्री १० प्रतिशतले बढेको थियो । टाटा मोटर्स, टाटा स्टील र टीसीएसले टाटा समूहका तीन ठूला कम्पनीहरूमा ८२ प्रतिशत बिक्रीमा हिस्सा ओगट्ने गर्छन् ।