कारोबार संवाददाता
मंगलबार, चैत्र ४, २०७६
578

नेपालमा ड्याट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालि ले कमेडी च्याम्पियन सिजन १ का विजेता हिमेश पन्तलाई ड्याट्सन रेडी गो १.० एल हस्तान्तरण गरेको छ ।
पायोनियर मोटो कर्पका सहायक महाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्दले कमेडी च्याम्पियन पन्तलाई साँचो हस्तान्तरण गरेका हुन् । गएको शनिबार भएको फाइनलमा पन्तले कमेडी च्याम्पियनको उपाधि जितेका थिए ।