कारोबार संवाददाता
सोमवार, चैत्र ३, २०७६
729

दोलखा- डोजर, एस्काभेटर, व्याकहो, रोलरलगायत हेभी मेसिनहरूको अन्तर्राष्ट्रिय ब्रान्ड जेसीबीले दोलखाको सदरमुकाम चरिकोटमा शुक्रबारबाट आधिकारिक शाखा विस्तार गरेको छ ।
जेसीबीले आधिकारिक रूपमा जीबी निर्माण सेवा एन्ड सप्लायर्समार्फत दोलखाको सदरमुकाम चरिकोटको भीमेश्वर नगरपालिका–६, पाटीखोलामा अथोराइज्ड रिटेल आउटलेट खोली शाखा विस्तार गरेको हो । विशेष गरी जेसीबीले दिएको वारेन्टी भित्रको काम तथा स्थलगत थप सेवा प्रदान गर्ने उद्देश्यले आउटलेट सुरु गरिएको जीबी निर्माण सेवा एण्ड सप्लायर्सका प्रोप्राइटर गणेश थापाले जानकारी दिए ।

आउटलेटको बैत्यश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाले उद्घाटन गरे । जीबी निर्माण सेवा एन्ड सप्लायर्सका प्रोप्राइटर थापाका अनुसार दोलखा जिल्लामा जेसीबि ब्रान्डका १ सय वटाभन्दा माथि विभिन्न काम गर्ने मेशिनहरू छन् । चरिकोटमा जेसीवीले खोलेको आधिकारिक आउटलेटमार्फत जेन्युन पार्टस, सर्भिस सेन्टर, जेसीवी लुब्रिकान्टस् लगायतको सेवाहरू उपलब्ध गराइने प्रोप्राइटर थापाको भनाइ छ ।
जेसीबीको चरिकोट आउटलेटले आवश्यकताअनुसार सर्भिस इन्जिनियरहरू पनि उपलब्ध रहेको बताएको छ । जिल्लामा सञ्चालित विभिन्न जलविद्यत्, सडक, पुललगायतका ठूला आयोजनामा सञ्चालनमा रहेको विभिन्न जेसीवी मेसिनको होम सर्भिसिङ, होम मर्मतको सुविधाका लागि आउटलेट खोलिएको जेसीबीका डिलर इन्चार्ज डिल्लीराम तिमल्सिनाले बताए । दोलखाको यो १६ औं आउतलेट भएको बताए । हाल जेसीबी कम्पनीका स्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगाएतका उपकरणहरू बजारमा प्रयोग भइरहेको इन्चार्ज तिम्सिनाले जनाएका छन् ।
उनका अनुसार इन्धन कम खपत हुने मर्मत खर्च कम लाग्ने र भरपर्दो भएका कारण कम्पनीका उपकरणहरू लोकप्रीय छन् । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबी प्रतिको विस्वास बढ्दै गएको कम्पनीले जनाएको छ । आउटलेट उद्घाटन कार्यक्रममा बैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामा, दोलखा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष दिनेश थापा, एमडब्लू अर्थमुभर्स कम्पनीका प्रतिनिधि बिमल आचार्यलगायतले आ–आफ्नो धारणा राखेका थिए ।