कारोबार संवाददाता
आइतवार, फाल्गुन ४, २०७६
417

मोरङ्ग अटोमोवाइल्स डिलर्स एशोसिएशनको अगुवाइमा भन्सार, भीसिटिएस तथा कर सम्बन्धी प्रशिक्षण दिइएको छ । मोरङ्ग अटोमोवाइल्स डिलर्स एशोसिएशनमा आवद्ध विभिन्न फर्म कम्पनीहरुकातर्फबाट कूल ४२ जना प्रशिक्षार्थी सहभागी थिए ।
कार्यक्रममा राजस्व अनुसन्धान कार्यालय मोरङ्गका अधिकृत हितेस बस्नेत, आन्तरिक राजस्व कार्यालय मोरङ्गका अधिकृत पशुपति घिमिरे, जोगवनी भन्सार कार्यालयका भन्सार अधिकृत मणिराम पौडेललगायतले प्रशिक्षण दिएका थिए ।

अटोमोवाइल व्यवसायीहरुले भोग्नु परेका समस्यालाई दृष्टिगत गरी प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको नाडाले जनाएको छ । प्रशिक्षण कार्यक्रमबाट अटोमोवाइल व्यवसायीहरु लाभान्वित भएको नाडाले जनाएको छ ।
नाडाका अनुसार यस्तो किसिमको प्रशिक्षण कार्यक्रम नाडाले विगतमा पनि गर्दे आएकोे र यही २०७६ साल माघ ९ गते पनि यस्तो कार्यक्रम काठमाण्डौमा सम्पन्न गरेको थियो । यसअघि काठमाडौंमा पनि नाडाले प्रशिक्षण सञ्चालन गरिसकेको छ भने सातै प्रदेशमा प्रशिक्षण सञ्चालन गर्ने योजना रहेको बताइएको छ ।