कारोबार संवाददाता
मंगलबार, माघ ७, २०७६
441

काठविवाहको मौसमलाई लक्षित गरी नेपालका लागि यामाहा टू–ह्वीलर्सको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रा. लि.ले यामाहा सलुटोका ग्राहकहरुका लागि आकर्षक योजना अघि सारेको छ । यामाहा प्याटेन्टेन १२५ सीसीको ब्लुकोर इन्जिन जडित यामाहा स्यालुटो उच्च कोटीको पर्फर्मेन्स, उत्कृष्ट माइलेज र विश्वसनीयताका कारण ग्राहकमाझ लोकप्रिय छ । यामाहा सलुटोको नारा ‘माइलेज तिमीलाई सलाम’ रहेको छ ।
‘दाम्पत्य जीवनको शुरुवात, यामाहा स्यालुटोको साथ’ शिर्षक राखिएको यस योजनाले विवाहको मौसममा नवविवाहित दम्पत्तिहरु र भर्खरै सम्बन्धमा जोडिएको परिवारहरुमाझ थप खुशी र हर्ष ल्याउने अपेक्षा एमएडब्लु इन्टरप्राइजेजले लिएको छ । यो योजनाअन्तर्गत यामाहा सलुटो र यामाहा एसजेड आरआरभी२.० को खरिद गर्ने ग्राहकले भिडियोकनको ३२ इन्च एलइडि टिभी पाउनेछन् ।